दाङ । दाङ क्षेत्र १ का सांसद मेटमणि चौधरीविरूद्ध चेक अनादर कसुरमा उजुरी परेको छ। नेकपा एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका चौधरीविरुद्ध बुधबार कार्यालयमा हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको हो ।

कार्यालय प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाका अनुसार सांसद चौधरीविरुद्ध हुलाकमार्फत चेक अनादरको उजुरी आएको हो । चौधरीविरूद्ध एभेरेस्ट बैंकको ५ करोड ४० लाखको चेक अनादरको उजुरी परेको हो।

रोल्पाका ठेकेदार धात बुढामगरले सांसदविरूद्ध उजुरी दिएका हुन् । यसबारेमा भने प्रहरीले छलफल गरिरहेको बताएको छ ।