काठमाडौं । आज बिहानदेखि सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ।
पछिल्लो एक घन्टामा डडेलधुराको गाइबन्डे केन्द्रमा २८.८ मिलिमिटर पानी परेको छ। दाङको घोराहीमा १०.८, प्यूठानको मारीमा १५.६, दाङको लमहीमा १६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना रहेको छ।
बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । रहेको











