दाङ। घोराही उपमहानगरपालिका १८ मसिना स्थित नागेश्वर महादेव पार्वती मन्दिरमा मन्दिर क्षेत्रको चौतर्फी विकासको लागि ज्ञान महायज्ञमा आइतवार सम्म ९ लाख बढी दान सङकलन भएको छ । हालसम्म सबैभन्दा बढी घोराही १८ मसिना निवासी ६० वर्षीय टिकाराम कुँवरले महायज्ञमा एक लाख २ हजार नगद सहयोग गरेका छन् ।
मन्दिरको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरेको उनको भनाइ छ । दाताहरुले दान दिने क्रम जारी रहेको छ । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान विज्ञान महायज्ञ तथा श्रृंगारिक महाआरती आयोजना गरिएको हो । महायज्ञ यही जेठ ६ गतेदेखि १३ गतेसम्म हुने मन्दिर व्यवस्थापन समितीको अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितीका संयोजक झगलाल कवरले जानकारी दिए ।
मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नहुदा महायज्ञ सञ्चालन गर्न थालेको उनले बताए । महायज्ञको कथा बाचकमा परशु राम पाण्डेय रहेका छन् । दलित पुजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ । यसबाट आएको रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितीले जनाएको छ । महामयज्ञमा कथा बाचन भजन कृतन, देविलीला भाँक्री तथा चेतनामुलक नाटक प्रस्तुत गरिदै आएको प्रचार प्रसार समितीका संयोजक लालमणि कुवरले जानकारी दिए ।











