पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट शनिबार राति खसेको जीप । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । तस्बिरः कृष्ण न्यौपाने/रासस

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. ३ र ४ जोड्ने मादी नदी पुलबाट जीप खस्दा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जीप शनिबार राति करिब साढे ११ बजे पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो।

दुर्घटनामा व्यास ५ का ३५ वर्षीय प्रविन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापाको ज्यान गएको प्रहरीले जनाएको छ। उनीहरूको दमौली अस्पतालमा मृत्यु भएको हो। घाइतेहरूको उपचार दमौली अस्पतालमा उपचार भइरहेको छ ।