इन्द्रेणी संवाददाता
दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा जनक नेपाली चयन भएका छन् । आज विहीबार घोराहीमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट नेपाली सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा जीवन नेपाली, महिला उपाध्यक्षमा पुष्पा पौडेल, सचिबमा दीपक बोहरा, सहसचिबमा सन्तोष डाँगी र गिरिराज नेपाली र कोषाध्यक्षमा दीपक ओली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वीरेन्द्र वली, लालसुर बिष्ट, सृजना विश्वकर्मा, मधुसूदन गिरी, तुलबहादुर कवँर मगर, आलोक भावुक, शान्तकुमार बुढा, टेकराज भण्डारी, नोखीराम बिक र अन्जना विश्वकर्मा रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले पत्रकारहरुले निष्पक्ष भएर पेशागत मर्यादा र आचारसंहितामा रहेर निष्ठाको पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले नेपाली पत्रकारिताले २००७ साल, ०६२/६३ सालको जनआन्दोलनलगायतका परिवर्तनका कालखण्डमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यो इतिहासलाई अबको पुस्ताको पत्रकारिताले पनि भूल्न नहुने बताए । प्रविधिको विकाससँगै पहिलेको पत्रकारिता र अहिलेको पत्रकारितामा परिवर्तन आएको उल्लेख गर्दै शर्माले निष्ठाको पत्रकारिता नछोड्ना युवापस्तालाई आग्रह गरे । अहिले हाम्रो देशलाई विदेशीहरुले आफ्नो अभिरुचि अनुसार चलाउन खोजेको भन्दै यसमा देश चलाउनेहरु र कलम चलाउनेहरु पनि सचेत भएर जानुपर्ने शर्माको भनाइ थियो ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादीका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ ले पत्रकारहरु मुलुकको चौथो अङ्ग भएकाले मुलुकलाई सही दिशातिर लैजानका लागि जनपपक्षीय पत्रकारिताको आवश्यकता रहेको औल्याए ।

प्रेस सेन्टर दाङका कार्यवहाक अध्यक्ष अनिता पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष अजयदिप शर्मा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भिमकुमारी बाँठा, रामबहादुर दहित, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने ‘सागर’, जिल्ला अध्यक्ष हरिमान पुन, जिल्ला सचिव विश्वराज आचार्य, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष एवं प्रेस सेन्टर नेपालका नीति-परामर्श समितिका सदस्य उदय जिएम, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, महासंघ दाङशाखाका अध्यक्ष सन्तोष सुवेदी शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै अनेमासंघ क्रान्तिकारी दाङकी अध्यक्ष दिलकुमारी बुढा, ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष मस्तबहादुर श्रेष्ठ, प्रेस सेन्टर दाङका इञ्चार्ज लक्ष्मी आचार्य, प्रेस सेन्टर लम्बिनी प्रदेश उपाध्यक्ष प्रकाश चौधरी, प्रेस युनियन दाङका सचिव अमर क्षितिज भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहसचिव दीपक बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जनक नेपालीले गरेका थिए ।