काठमाडौं। जिल्ला अदालत काठमाडौंले मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई मंगलबार जिल्ला अदालतमा पेश गरेको थियो । अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।











