पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार मात्रै अदालतमा हाजिर गराइने भएको छ । आज शनिवार अदालत विदा हुने भएकाले उनलाई आज प्रहरी हिरासतमा राखेर भोलि मात्रै कास्की जिल्ला अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ ।
कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रवार सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौने ३ बजे कास्की प्रहरी कार्यालय पुर्याइएको थियो । जिल्ला अदालत कास्कीले शुक्रबार पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीले लामिछानेलाई पक्राउ गरी पठाइदिन सिआइबीलाई पत्राचार गरेको थियो।











