nlntk'/M !# r}tM g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s nlntk'/sf] ;fg]kf cfOtaf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ । मंगलबारबाट सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि सकिएको छ । बैठक बुधबार ११ बजे पुनः बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको मंगलबारको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो लिखित प्रतिवेदनसहित आफ्ना धारणा राखेका छन् ।

महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा उनले पार्टी सदस्यता ७ लाख थप गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बिहान ११ बजे बैठक बस्ने भएकोले उपस्थित हुन सभापति शेरबहादुर देउवाले सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।