अभिषेक बोहरा / दाङ :   प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको महत्वपूर्ण पर्व हो । दाङको घोराहीमा पनि विभिन्न स्थानमा नाँचेर, पूजा गरेर भूमे पर्व मनाएक छन  । घोराहीको बसपर्क , बडहरा , आदि स्थानमा मगर जाति लगायात अरुको पनि बाक्लो उपस्थिति देखिन्थ्यो ।

तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा मान्दै आएको छ ।  यस पर्वलाई सांस्कृतिक जगेर्नाका रूपमा मनाउन थालिएको हो ।

हिउँदेबाली याइसकेर वर्षेबाली लगाउने बेला भूमि तथा भूमि देवता नरिसाउन् र सबै फसल राम्रो होस् भन्ने कामनाका साथ मगर समुदायमा असारे सङ्क्रान्तिदेखि साताभर भूमि पूजा गर्ने चलन रहेको छ । भूमि पूजाको अवसरमा देवतालाई बलि दिने, देवस्थानहरूमा गएर नाचगान गर्ने र थकाइ मार्ने परम्परा रहिआएको मगरको भनाइ छ । मगर समुदायले यो पर्वलाई नयाँ वर्षका रूपमा समेत मनाउने गरेका छन् भने आर्थिक वर्षका रूपमा लिने पनि मगरले प्रस्ट पार्नुभयो ।

मगर समुदायको भावना, पहिचान र एकतासँग जोडिएको हुँदा यो मगरहरूको मुख्य चाड हो । नाचगान गरेर पूजा गर्नु नै मगरहरूको विशेषता हो ।  मगर समुदायको भूमे पर्वमा विभिन्न पाँच प्रकारको बाजा बजाएर महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाउने गरिन्छ । यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेको दाङ , रोल्पा, रुकुमलगायतका स्थानहरू पनि भूमे (भुम्या) मनाउने गरिन्छ ।