काठमाडौं । आर्थिक वर्ष २०८०र८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरुले बोल्ने क्रम सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।
हिजो अर्थमन्त्रीले जवाफ दिने कार्य भएपनि सभामुख देवराज घिमिरेले छलफल नसकिएको भन्दै त्यसलाई आजका लागि सारिएको जानकारी दिएका थिए । बैठक आज दिउँसो १ बजे बस्दैछ ।
जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो।











