काठमाडौं । लामो समयदेखि संवाद विहिन अवस्थामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता बामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता गौतम निवासमा आज बुधबार एक्लाएक्लै भेटवार्ता भएको हो ।
नेता गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार दुई नेताबीच करिब एक घण्टा एक्लाएक्लै छलफल भयो । अध्यक्ष ओली नेता गौतमलाई भेट्न उनको भैसेपाटीस्थित निवास पुगेका थिए ।
वर्तमान राजनीतिक विषय तथा राष्ट्रपति निर्वाचनका विषयमा केन्द्रित भएर दुई नेताबीच छलफल भएको हुन सक्ने आंकलन गरिएको छ । नेकपा विभाजनपछिको विभिन्न घटनाक्रमसँगै ओली र गौतम संवाद विहिन अवस्थामै बसेका थिए ।











