काठमाडौं । बुधवार राति ग्यास विस्फोटबाट घाइते भएका नेपाली कांग्रस नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

बर्न अस्पताल कीर्तिपुरबाट एम्बुलेन्समा राखेर विमानस्थलमा र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिएको हो । भण्डारीको उपचार नेपालमा सम्भव नहुने भएपछि भारत रिफर गरिएको हो । चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ ।

बुधबार राति १० बजेतिर बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा कीर्तपुरस्थित बर्न अस्पतालमा निधन भएको छ ।