काठमाडौँ । नेकपा एकीकृत समाजवादी र जतना समाजवादी पार्टीबीच एकीकरणको तयारी भइरहेको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा पछिल्लो निर्वाचनपछि आकारमा खुम्चिएका कारण यी दल एकीकरणका लागि अग्रसर हुँदै गएको बुझिएको छ ।

एकीकरणका विषयमा दुबै दलका नेताहरुबीच कुरा भइरहेको नेकपा एसका उपमहासचिव एवं प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

सोमबारदेखि काठमाडौँमा जारी नेकपा एस पोलिट्व्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।‘हामी छलफलमा छौँु, उनले भने, ‘दुई दलबीच एकता हुन सक्छ ।’

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल नजाने निर्णयमा पुगेको नेकपा एसले संगठन बलियो बनाउने बताइरहेको छ । एमाले नेताहरुले नेकपा एसलाई एमालेमै एकीकृत हुन आग्रह गरिरहेको भए पनि औपचारिक प्रस्ताव नआएको नेकपा एसले बताउँदै आएको छ ।