काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिएका छन् ।

आइतबार राति ट्विटरमार्फत मोदीले आजै प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई बधाई दिएका हुन् ।मोदीले नेपाल–भारत सम्बन्ध थप बलियो बनाउन आफू सहकार्य गर्न तयार रहेको बताएका छन् ।

उनले नेपाल र भारतबीच गहिरो सम्बन्ध रहेको र थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।प्रचण्ड एमालेसहित सात दलको समर्थनमा आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार अपराह्न शपथ लिने तय भएको छ ।