काठमाडौं : प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म प्रतिनिधिसभाको १६५ मध्ये ४ स्थानको परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म कांग्रेसले तीन र एमालेले एक स्थानमा विजयी हासिल गरेको छ । कांंग्रेसले काठमाडौँ–१, मनाङ र मुस्ताङमा जित निकालेको छ भने एमालेले ललितपुर दुईबाट विजयी शुरुवात गरेको छ ।
अहिलेसम्म भइरहेको मतगणनामा नेपाली कांग्रेस ४५ स्थानमा अगाडि रहेको छ । यसैगरी नेकपा एमालेले ३१ स्थानमा अग्रता लिइरहेको छ भने नेकपा माओवादी केन्द्रले १२ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८, एकीकृत समाजवादीले ७ स्थान र अन्यले ८ स्थानमा अग्रता लिएका छन् ।










