काठमाडौं, ५ मंसिर । मुस्ताङमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।
२९ वर्षीय गौचनले नेकपा एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पछि पार्दै विजयी भएका हुन् ।
गौचनले ३९९२ मत प्राप्त गरे भने एमालेका तुलाचनले ३०७८ मत प्राप्त गरे । योसँगै नेपाली काग्रेसले विजयीको खाता खोलेको छ ।











