अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष पन्चा सिंहले एमाले अध्यक्ष केपी शर्मा ओली र ‘भेलु बाजे’को हैसियत एउटै भएको बताएकी छन् । बिहीबार सत्तारुढ गठबन्धनले प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजना गरेको चुनावी सभामा उनले यस्तो बताएकी हुन् ।

सिंहले ओलीले गठबन्धनको भविष्यवाणी गरिरहेको भन्दै एमालेकै ध्यान दिन सुझाव पनि दिइन् । उनले भनिन्, ‘उहाँ (ओली)ले भविष्यवाणी गर्दै हुनुहुन्छ । गठबन्धन होइन, एमालेको आयु सकिएको छ, त्यो आज होइन जतिबेला ओली बालुवाटारबाट बालकोट गएका थिए, त्यही दिन सकिएको हो ।’

Open photo

राजनीतिक नेतृत्वबाट च्युत भएर भेलु बाजेको हैसियतमा प्रवेश गरेका ओलीले गठबन्धनको भविष्यवाणी गर्नुको औचित्य नरहेको उनले बताइन् ।