राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ।रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएको छैन। स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा चुनावका लागि भने प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवारहरू छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेताको निर्वाचन गर्ने भएको छ।रवि लामिछाने सभापति रहेको पार्टीले चुनावभन्दा अघि नै संसदीय दलको नेता चयन गर्न लागेको हो।मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावका लागि उम्मेदवारी दिएको छैन। स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा चुनावका लागि भने प्रत्यक्षतर्फ र समानुपातिकतर्फ उम्मेदवारहरू छन्।

संसदीय दलको नेता उठ्न इच्छुकले सोमबार (कात्तिक ७ गते) अपरान्ह ५ बजेभित्र secretaryrsp@gmail.com मा लिखित निवेदन पठाउनुपर्ने हुन्छ।निर्वाचन कहिले गर्ने भन्ने टुंगिएको छैन। चुनावमा संसदीय दलको नेता चयन हुनका लागि खसेको कुल सदर मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ।

संसदीय दलको नेता चयन भएका व्यक्ति आमचुनावमा पराजित भएमा ऊ संसदीय दलको नेता बन्न भने पाउँदैन। प्रतिनिधि सभा सांसद भएकामध्येबाट पछि पुन: संसदीय दलको नेता चयन गरिन्छ। संसदीय दलको नेता नै प्रधानमन्त्री हुने अवसर प्राप्त भएमा प्रधानमन्त्री हुने विधानमा उल्लेख छ।