दाङ, १८ साउन । विद्यार्थीमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका विद्यालय एक हप्ता बन्द गरिएको छ ।

गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको सङ्क्रमण बढेको भन्दै विद्यालय साउन १८ गतेदेखि २४ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
हिउँदे र वर्षे बिदाबाट कट्टी हुने गरी सबै विद्यालय बन्द गरिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले बताए ।











