पोखरा, १६ साउन । पोखरामा पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

गएरातिदेखिको वर्षापछि महानगरपालिका ६ डिहिकोपाटनमा घरमाथिबाट आएको पहिरोले पुरिँदा सन्तोष सुनारको ज्यान गएको हो । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् ।

सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। सुनिता र सिमन दुवैको स्वास्थ्य अवस्था सामान्य छ ।