अछाम, ९ साउन । गएराति गएको पहिरोमा पुरिएर अछामको तुर्माखाँद गाउँपालिका २ भुलुमा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।
स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको तर मृतकको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । पहिरो गएराति १ बजेतिर आएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।











