गिरिराज नेपाली
घोराही, २२ बैशाख । घोराही उपहानगरपालिकाले आर्थिक चालु आर्थिक वर्षका घोराही –१० खैरीदेखि हापुर जोड्ने कालोपत्रे सडक निर्माणका लागि दशलाख रुपैया बिनियोजन ग¥यो । चुनावी सरगर्मी सँगै उक्त कालोपत्रे सडक निर्माणको काम उपमहानगरपालिकाले सुरु ग¥यो । दशलाख सम्मको योजना निर्माणको काम उपभोक्ता समिति मार्फत गर्नुपर्ने व्यवस्था उपमहानगरपालिकाको छ ।

उपमहानगरपालिकाले उपभोक्ता समिति काम र नाम कागजमा मात्रै सीमित पार्दै आफ्ना कार्यकर्तालाई उक्त सडक निर्माणको योजना ठेक्का दिएको छ । जसको निर्माणको जिम्मा वडा सदस्य उम्मेद्वार उठेका मानबहादुर जिसीलाई लिएका छन् । उनी नेकपा एमालेबाट घोराही उपहानगरपालिका वडा नंं। १० वडा सदस्यको उम्मेद्वार बनेका छन् । उक्त कालोपत्रे निर्माणको काम अहिले धमाधम भइरहेको छ । तर उक्त सडक निर्माणको काम सम्झौता अनुरुप हुन सकेको छैन । कमसल प्रविधि कच्चा पदार्थको प्रयोग गरी सडक कालोपत्रेको काम भईरहेको छ ।

स्थानीयले उक्त कालोपत्रे सडक विस्तारको काममा रोक्न खोजेपनि निर्माणको जिम्मा लिएका नेकपा एमालेबाट वडा सदस्यका उम्मेद्वार बनेका जिसीले जवरजस्ती काम गरी रहेको स्थानीयको गुनासो छ । स्थानीय एक महिलाले नाम नबताउने शर्तमा भन्नुभयो–‘कालोपत्रे होईन, सडक कालो मात्रै गराउने काम गरिरहेका छन् । ’ आफै ठेकेदार आफै जनप्रतिनिधिको उम्मेद्वार भएकाले स्थानीय बोल्न चल्न नपाउने बाध्यता स्थानीय भोग्नु परिरहेको छ ।

सडक कालोपत्रेको नाममा मनपरी काम एमालेका नेता कार्यकर्ताहरुले गरी रहेकाले सडक कालोपत्रेको काम गुणस्तर हिन गरिएको समेत आरोप छ । स्थानीय एक व्यक्तिले भन्नुभयो–‘ उपहानगरपालिकाको लगानी बालुवामा पानी झै भएको छ । त्यो बारे हामी बोल्न पाएका छैनौं । सडक बिभागमा जाऔं भने उपहानगरपालिकाको काम हो । उपमहानगर जाऔं भने उनी आफै नै नेकपा एमालेका मेयरले दिएका हुन । ’