इन्द्रेणी संवाददाता
चिवतन, २२ बैशाख । स्थानीय तहको चुनावको सहगर्मी बढिरहेको छ । उम्मेलवारहरु आ आफ्ना क्षेत्रमा प्रचार र मतदाताहरुको घरदैलोमा पुगेर आफूलाई मत मागिरहेका छन् ।

अहिले सबैको चासो चुनावमै गएको छ । त्यसमा पछि राजनीतिक केन्द्रको रुपमा रहेका पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरीलाई मेयर पदमा दोहोर्याएर उम्मेदवार बनाएको चितवन भरतपुरको चुनाव रहस्यमय बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार भएकी प्रचण्डपुत्री रेणु दाहाललाई असयोग गर्न काग्रेसको एउटा खेमा वाहिर छ । स्वतन्त्रबाट काग्रेसका जगनाथ पौडेल प्रनिस्पर्धी भएपछि यहाँको निर्वाचनको माहोल झन रोचक बन्दै गएको छ । यहाँको चुनावको नतिजा आफ्नो पोल्टोमा पार्न उम्मेदवारहरु सक्रिय भए लागेका छन् ।

यसैक्रममा रेणुलाई सघाउन आज सत्तारुढ पाँच दलले भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । आमसभालाई सत्ता गठबन्धनमा रहेकदलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीका अनुसार भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने छन् ।