इन्द्रेणी संवाददाता
काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक बोलाएका छन् । बिहान साढे ९ बजेका लागि सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो ।

बैठकमा संसद्को गतिरोध अन्त्य, पालिका तह चुनाव लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि पुस ४ गतेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन ।

नेकपा एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।