काठमाडौँ, ८ माघ । काठमाडौँ, भक्तपुर र ललितपुरमा सञ्चालित सवारीसाधनमा शुक्रबार रातिदेखि जोर–बिजोर प्रणाली लागू गरिएको छ ।

काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार अत्यावश्यक सवारी साधनमा जोर–बिजोर प्रणाली लागू हुने छैन । बिहीबार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकपछि सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्नेसहित १६ बुँदे आदेश जारी गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार अर्को आदेश जारी गरी सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागू हुने र अत्यावश्यक सेवाअन्तर्गतका सवारीमा नियम लागू नहुने स्पष्ट पारेको हो ।