काठमाडौं, २४ मंसिर । नेकपा एमालेबाट भर्खरै मात्रै छुटिएर नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष बनेका माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि राजनीतिक पार्टी खोल्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको कुनै भविश्य नभएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई कि पार्टी खोल्न नभए व्यापार गरेर बस्न सुझाव दिएका हुन् ।

एउटा वंशको शासन हामीलाई स्वीकार्य नभएको भन्दै फेरि आउछु भन्ने दुस्पर्यास नगर्न उनको सुझाव थियो । अध्यक्ष नेपालले नेपालको रक्षा नेपाली नागरिकले मात्रै गर्न सक्ने बताए ।