काठमाडौं, २४ मंसिर । आउँदो पुस ४ गतेदेखि ५७ जिल्लाका सबै बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।

५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

यसअघि आएका समेत गरी पर्सि आइतवारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।