रुकुम, २१ मंसिर । रुकुम पश्चिममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
बाँफिकोट गाउँपालिका वडा नं. २ पिपलबाट दुलही लिएर मुसिकोट नगरपालिका ५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस मुसिकोट २ रातामाटामा दुर्घटना भएको हो ।
घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । हिजो वेलुका भएको दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए ।











