इन्द्रेणी संवाददाता
रुकुम, २१ मंसिर । हिजो वेलुका रुकुम पश्चिमको मुसिकोट नगरपालिका २ रातामाटामा भएको जन्ती बोकेको बस दुर्घटना परी एक जनाको मृत्यु भएको छ ।

मुसिकोट १ घिमानेका ६७ वर्षका बुधुराम खड्काको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

बाँफिकोट २ पिपलबाट दुलही लिएर मुसिकोट ५ घिमाने जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस हिजो वेलुका रातामाटामा दुर्घटना भएको थियो । दुर्घटनामा २५ जना घाइते भएका छन् ।