काठमाडौं, १ मंसिर। नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१० हजार १०६ जनाको पीसीआर परीक्षण गर्दा ३६३ जना र १ हजार ८८७ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ४१२ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ पुगेको छ ।