रौतहट, २८ कात्तिक। रौतहटमा गएराति भएको कार दुर्घटनामा चार भारतीय नागरिकको ज्यान गएको छ।
सदरमुकाम गौर–चन्द्रनिगाहपुर सँग जोडिएको सहायक राजमार्ग सडकखण्ड अन्तर्गतको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिक भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना भारतीय नगरिकको ज्यान गएको हो।
चन्द्रनगिाहपुरबाट गौरतर्फ जाँदै गरेको यू.के.१२सी २९०० नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको हो । कार सडकभन्दा करिब २० मिटर तल पानीमा डुबेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन। चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ।











