इन्द्रेणी संवाददाता
घोराही, ३ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन घोराही नगर कमिटीको अध्यक्षमा पुनः विरेन्द्र चन्द चयन भएका छन् । शनिवार घोराहीमा सम्पन्न दोस्रो अधिवेशनबाट चन्दको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सूर्यबहादुर रावत, सचिवमा बालकृष्ण वली, सहसचिवमा मानसिंह घर्ती, कोषाध्यक्षमा ऋषि सुवेदी, सहकोषाध्यक्षमा सन्तोष रेग्मी चयन भएका छन् । सदस्यहरूमा बिमल भण्डारी, पदम गिरी, सारिका ठकुरी, सन्दीप शाह र शिव भण्डारी छन् । बाँकी दुईजना पछि मनोनित हुने अध्यक्ष वीरेन्द्र चन्दले बताए । आगामी तीन वर्षका लागि सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।











