तुलसीपुर, ३ असोज । तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले संविधान दिवसका अवसरमा समस्त नगरबासी वुवा–आमा दिदीबहिनी दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

ghanashyam copyऐतिहासिक जनसंघर्षबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी, समानुपातिक प्रणालीजस्ता महत्वपूर्ण उपलब्धि सहितको संविधानलाई सार्थकता तुल्याउनका लागि आम नेपाली जनतालाई गरिबीबाट मुक्त गरी आर्थिक समृद्धिका लागि संघियता कार्यान्वयनमा जोड दिनुपर्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

ऐतिहासिक जनआन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नका लागि आजको विशिष्ट दिन ल्याउनका लािग पहल गर्ने, राजनीतिकदल, नागरिक समाज, विभिन्न संघसंसथा लगाएत समस्त नेपालीहरुलाई नगर प्रमुख पाण्डेल धन्यवाद समेत दिएका छन् ।