इन्द्रेणी संवाददाता
काठमाडौ, २३ भदौ । संघीय संसद्को नवौं अधिवेशन आजबाट शुरु हुदैछ ।

cabinetअधिवेशनमा सरकारले यसअघि दर्ता गरेका १५ अध्यादेशमा केन्द्रित हुनेछ । संसद् सचिवालयले अधिवेशनको पहिलो दिन नै बजेटसहितका १५ अध्यादेश स्वीकृत गर्ने प्रस्तावलाई सम्भावित कार्यसूचीमा राखेको छ ।

बैठकको कार्यसूचीअनुसार बुधबारको बैठक अघि बढे १५ वटा अध्यादेश स्वीकार वा अस्वीकार हुनेछ । साथै आजको बैठकमा अमिरिकी सहयोग (एमसीसी) पनि पेश गर्ने तयारी गरिएको छ ।