सल्यान, २१ भदौ । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने ‘कांगेन मेसिन’ जडान गरिएको छ । यो मेसिनले छरितो र सहज रुपमा सात प्रकारको फरक फरक विशेषता र गुण भएको पानी निकाल्ने दाबी गरिएको छ ।

SLN_0700जिल्लाको दार्मा गाउँपालिकामा दुई वटा, कपुरकोट, त्रिवेणी र शारदा नगरपालिकामा एक एक वटा कांगेन मेसिन जडान गरिएको परिवर्तन सप्लायर्सले जनाएको छ ।

कपुरकोट गाउँपालिकाको १ दहवनमा जडान गरिएको कांगेन मेसिनको शनिबार गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिमबहादुर सेनले उद्घाटन गरेका थिए । कपुरकोट गाउँपालिकाका समेत अध्यक्ष रहेका सेनले पानि पिउन योग्य भएन भने धेरै किसिमका रोगहरु लाग्ने भएकाले शुद्ध पानिको प्रयोगमा जोड दिए ।

गाउँपालिकाले विभिन्न मुहानको पानिको परिक्षण तथा शुद्धता जाँच कार्यक्रम गरेको जनाउदै यस वर्ष पनि खानेपानी तथा सरसफाई योजना अघि सारिएको जानकारी गराए । यसका लागि पाँच लाग रुपैयाँ विनियोजन गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कपुरकोट १ मा साधारण पानीलाई पनि छानेर शुद्ध र स्वछ बनाउने मेसिन जडान भएपछी यहाँका ६० घरधेरीले यसको उपभोग गर्न पाउने भएका छन् । शुन्य लगानिमा ६० घरधेरीले कांगेन मेसिनले प्रशोधन गरेको पानी प्रयोग गर्न पाउने भएको परिवर्तन सप्लायर्सका निमित्त प्रवन्धक निराजन विकले बताए ।

एउटा मेसिनको मुल्य पाँच लाख १० हजार रहेको छ भने जडान गर्दा करिव २२ हजार रुपैयाँ खर्च भएको छ । र यो खर्च परिवर्तन सप्लायर्स र डिजिटल टेक्नोलोजि नेपालले ब्यहोरेको विकले बताए । जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वास्थ बनाउनका साथै पिउन योग्य बनाउने उनको दाबी छ । प्लाटिनियम कोडेड र टाइटानियम प्लेट सुन भन्दा पनि दुई गुणा महंगो धातु भएको बताइन्छ ।