सल्यान, २० भदौ । जिल्लामा अहिलेसम्म एउटा पनि एरपोर्ट छैन । हवाइजहाज चढ्नका लागि कि त छिमेकी जिल्लाहरु रुकुम, दाङ, नेपालगञ्ज जानुपर्छ त कि कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुपर्छ । केही आपतकालीन समस्या आइपर्यो भने सडक सञ्जाल नै प्रयोग गर्नुपर्ने वाध्यता छ । यसै वाध्यतालाई मध्यनजर गर्दै सल्यानका दशवटै स्थानीय तहलाई समेट्ने गरेर हेलिप्याड निर्माण गर्न थालिएको छ ।

Helipad-Nepal२०७६ सालदेखि जिल्लामा हेलिप्याड निर्माण सुरु भएको थियो । हालसम्म ७ वटा हेलिप्याड निर्माण गरिएको छ । अन्य निर्माणको चरणमा छन् । जिल्लामा रहेका प्रत्येक गाउँपालिकामा एकरएक वटा र नगरपालिकामा दुई/दुई वटाका दरले हेलिप्याड निर्माण गर्ने योजनाअनुसार धमाधम काम भइरहेको छ ।

हालसम्म कपुरकोट गाउँपालिका, छत्रेश्वरी, दार्मा, शारदा नगरपालिका, वनगाड कुपिण्डे र बागचौर नगरपालिकामा हेलिप्याड निर्माण गरिएको छ । स्थानीय तहको निर्माण सामग्री सहयोग र नेपाली सेनाको श्रमदानमा हेलिप्याड निर्माण भइरहेका छन् ।