इन्द्रेणी संवाददाता
दाङ, १७ भदौ । दाङमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा दुई जना महिला र तीन जना पुरुषमा संक्रमण देखिएको हो । प्रतिष्ठानमा २५ जनाको पिसिआर र ४ जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।
कोरोना पुष्टि हुनेमा घोराहीका ३, बबई र गढवाका १ १ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । पछिल्लो २४ घण्टाका दाङमा १५ जना कोरोना मुक्त भएका छन् ।











