इन्द्रेणी संवाददाता
काठमाडौं, १० भदौ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

koronaa१४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये ९ हजार ७०२ जनाको पीसीआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै वितेको २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ पुगेको छ । बिहीवार १ हजार ९२९ जना निको भएका छन् ।