काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । आज क्वालिटी बैकट बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनकाने सरकारमा छिट्टै सहभागी हुने बताए ।
‘हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ अध्यक्ष नेपालले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई छोड्दै गएको र व्यक्ति केन्द्रित पार्टीको रुपमा नेकपा एमालेलाई अघि बढाएकाले त्यो विचार र सिद्धान्तलाई आत्मसात् गर्दै नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्ने पनि नेपालको भनाइ थियो । नेपाल कम्युनिस्ट पार्टीको संस्थापक पुष्पलालले मार्गनिर्देश गरेको सिद्धान्तलाई अगाडि बढाउने पनि नेपालले बताए ।











