काठमाडौं, १० भदौ । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा १९ पदाधिकारीसहितको एक सय ५१ जनाको केन्द्रीय कमिटी हुने विधान बनाइएको छ । जसअनुसार अध्यक्ष, वरिष्ठ नेता, सात उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, सात सचिवसहित १९ जनाको पदाधिकारी हुनेछ ।

madavएक सय १५ पूर्ण र ३६ जना वैकल्पिकसहित एक सय ५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । सबै तहमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । त्यस्तै, ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी हुने प्रस्ताव छ । प्रदेशमा अध्यक्ष, दुई उपाध्यक्ष, सचिव र दुई उपसचिवसहितको ६ सदस्यीय पदाधिकारी राख्ने प्रस्ताव छ ।

रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद
नेकपा एकीकृत समाजवादीलाई छोटकरीमा नेकपा ९एस० भनिने विधानमा प्रस्ताव छ । पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद, राष्ट्रिय पुँजीको विकास गरेर सामाजिक न्याय र लोकतान्त्रिक मूल्य–मान्यतासहितको समाजवादका आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य रहेको विधानमा उल्लेख छ । हरेक पार्टी कमिटीको एउटा महत्वपूर्ण हिस्सामा ४० वर्षमुनिका युवालाई राखिने विधानमा प्रस्ताव गरिएको छ । नयाँ पत्रिकाबाट