इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । पाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पद पुर्नवहालिको माग गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

2015061616-point-deal-challenged-in-supreme-court-600x0प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले आज पूर्वकार्यकारी निर्देशक शाक्यले निवेदनमा माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले नियुक्तिसम्बन्धी फाइल पेस गर्न भने आदेश दिएको छ ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्त गरे पनि अहिले गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले साउन ३२ गते सर्वोच्चमा निवेदन दिथिए ।