इन्द्रेणी संवाददाता
काठमाडौं, ८ भदौ । नेपालमा पछिल्ल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट कुल परीक्षण गरिएको मध्ये २ हजार २० जना र एन्टीजेन परीक्षणबाट ५०५ समेत गरि कुल २ हजार ५२५ जनामा संक्रमण देखिएको हो ।

आज २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २५० रहेको छ ।