बैतडी, २१ साउन । बैतडीमा जङ्गली बँदेललाई मार्न मकैवारीमा छाडेको करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको हो।
मृतक दुवै सहोदर दाजुभाइ हुन्। बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको बिजुलीको तारबाट करेन्ट लागेर दुवैको मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले बताएका छन्। करेन्ट लाग्ने बित्तिकै दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।











