इन्द्रेणी संवाददाता
दाङ, २६, चैत्र । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान हिजो सम्पन्न भएको छ ।
जसअन्तर्गत दाङ जिल्ला शाखा, प्रदेश र केन्द्रीय नेतृत्व चयनका लागि भएको मतदानमा २६३ मत खसेको छ । जम्मा २७६ मतदातामध्ये २६३ मत खसेको हो । मत गणना आज विहान ८ बजेबाट हुँदैछ ।
नेपाल पत्रकार महासंघको पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट एकैपटक जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्व चयन हुदैछ ।











