इन्द्रेणी संवाददाता
बाँके, ३ मंसिर । दाङका एक कोरोना सङ्क्रमितको आज बिहान बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

koronaघोराही उपमहानगरपालिका वडा नं. १७ निवासी ७९ वर्षीय पुरुषको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसीआर जाँचमा उहाँलाई कात्तिक २१ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात उनी होमआइसोलेसनमा बसेको अवस्थामा स्वास्थ्यमा समस्या देखिएपछि मङ्सिर २ गते राति शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।