इन्द्रेणी संवाददाता
काठमाडौं, १६ कार्तिक । नेपालमा आइतवार थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ जना रहेका छन् । अहिलेसम्म १ लाख ३४ हजार ८४२ जना कोरोना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ९६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ६२० जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ३८६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३७ हजार ७६५ जना रहेका छन् । हालसम्म १४ लाख ५६ हजार ३६६ ओटा पीसीआर परीक्षण भइसकेको छ ।











