इन्द्रेणी संवाददाता
दाङ, १६ कार्तिक । तीन किलो लागुऔषध (अफिम) सहित रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका २७ वर्षीय चन्द्रप्रकाश वली पक्राउ परेका छन् ।
दाङ र बाँकेको सीमा क्षेत्र बाँकेको शिवखोलाबाट वलीलाई पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
विशेष सूचनाको आधारमा सादा पोसाकमा खटिएको प्रहरी टोली र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले दाङ र बाँकेको सिमाना राप्तीसोनारी गाउँपालिका १ को शिवखोलाबाट वलीलाई पक्राउ गरेको हो ।
शिवखोलामा शङ्कास्पद रुपमा बसिरहेका वलीमा झोलामा जाँच गर्दा तीन किलो अफिम बरामद गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











