इन्द्रेणी संवाददाता
बुटवल, १४ कार्तिक । रुपन्देहीमा अस्थायी कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

koronaबुटवलस्थित धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार बुटवल उपमहानगरपालिका वडा नं. ८का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ती पुरुष कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचाररतउनको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार उनीमा उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगको समस्या पनि थियो ।