इन्द्रेणी संवाददाता
काठमाडौं, १४ कार्तिक । आज बडा दशैंको अन्तिम दिन आर्थात कोजाग्रत पूर्णिमा । आजै बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दशैंंको समापन गर्ने चलन छ ।
विजयादशमीदेखि शुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि रहेको छ ।
नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले जानकारी दिएका छन् ।











