इन्द्रेणी संवाददाता
काठमाडौं, २८ असोज । नेपालमा बुधवार थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronaaनेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ६७५ जनाको मृत्यु पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ जना रहेका छन् ।